सरकारसँग अस्पतालको पूर्वाधारलाई पूर्ण बनाउन लाग्ने खर्च पनि छैन : स्वास्थ्यमन्त्री

सरकारसँग अस्पतालको पूर्वाधारलाई पूर्ण बनाउन लाग्ने खर्च पनि छैन : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले सरकारले सहज रुपमा डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने बताएका छन्। 

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी हाजिरीजबाफ प्रतियोगिता २०८१ कार्यक्रममा उनले अहिले सरकारले राजनीतिले डेलिभरी गर्न सकेन भन्ने असन्तुष्टि आइरहेको भन्दै डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने बताए। 

उनले भने, ‘अहिले सरकारले राजनीतिले डेलिभरी गर्न सकेन भन्ने असन्तुष्टिका रुपमा आइरहेका छन्। त्यसलाई व्यवस्थित गर्न डेलिभरी गर्ने स्थिति निर्माण गर्ने सन्दर्भमा राजनीतिले कर्मचारी संयन्त्रसँग सहकार्य गर्न सक्नुपर्छ।’

उनले अस्पतालहरूको पूर्वाधारलाई पूर्ण बनाउनका लागि धेरै खर्च गर्नुपर्ने र उपकरणमा थुप्रै लागत लाग्ने स्थिति रहेको भन्दै त्यो आर्थिक क्षमतापनि राज्यसँग नभएको स्थिति रहेको गुनासो गरे।

क्षमता पूर्ण नहुँदा पनि कसरी प्रभावकारी सेवा पुर्याउन सकिन्छ भनेर प्रयास गरिरहेको उनको भनाई छ। 

उनले भने, ‘अस्पतालहरूको पूर्वाधारलाई पूर्ण बनाउनका लागि धेरै खर्च गर्नुपर्ने स्थिति छ। त्यसमा पनि आर्थिक सरकारको छैन। उपकरणमा थुप्रै लागत लाग्ने स्थिति छ तर त्यो क्षमतापनि राज्यसँग नभएको स्थिति छ। सेवा प्रभावकारी आजै चाहिएको छ। आवश्यकता अनुसार क्षमतालाई पूर्ण बनाउन सकेको स्थिति छैन।’  

भदौ १७, २०८१ मंगलबार १६:५४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।