धनगढी विमानस्थलबाट ८ लाख मूल्य पर्ने २१ वटा आइफोनसहित एकजना पक्राउ

धनगढी विमानस्थलबाट ८ लाख मूल्य पर्ने २१ वटा आइफोनसहित एकजना पक्राउ

काठमाडौं : प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट आठ लाख ४० हजार मूल्य बराबरका आइफोनसहित एक जनालाई पक्राउ गरिएको छ। 

पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखडका २७ वर्षीय राजु चौधरी रहेका छन्। 

चौधरीलाई आज धनगढी विमानस्थलको दक्षिणतर्फका यात्रु प्रवेशद्वारबाटभित्र प्रवेश गर्दा सोही प्रवेशद्वार नजिकको एक्सरे मेसिनमा जाँचका क्रममा आइफोनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए। 

चौधरीले काठमाडौँ पठाउने भनि कार्टुनमा प्याक गरी ल्याएका एप्पल कम्पनीका २१ वटा आइफोन बरामद गरिएको छ। 

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

भदौ १६, २०८१ सोमबार १९:४९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।