'आजसम्म कर्णालीले सधैं  हार्यो, अब रास्वपाले कर्णालीलाई विकासमा जोड्छ'

'आजसम्म कर्णालीले सधैं  हार्यो, अब रास्वपाले कर्णालीलाई विकासमा जोड्छ'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब आफ्नो पार्टीले जोड्ने बताएका छन्। 

सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटकपटक नेताहरूलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधिहरूले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको बताए। 

उनले भने, 'कर्णालीले जितेन, सधैँ हार्यो। अब विकासमा जोड्नका लागि आगामी चुनावमा यसले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ भन्ने अपेक्षा गरेको छु।'

राजनीतिमा आँट, तागत र ढङ्ग हुन आवश्यक रहेको बताउँदै सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरूलाई स-सम्मानका बिदा गर्ने जिकिर गरे।  

'विकासमा कर्णाली छुट्यो तर, यसले चुनेर पठाएका एक-एकका परिवार गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ कोही छुटेको छैन,' उनले भने। 

घण्टीसँगै जिम्मेवारी, जनताको एजेन्डा बोकेर अगाडि बढेको रास्वपालाई ०८४ को चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने उनको विश्वास छ। 

भदौ १४, २०८१ शनिबार २१:३९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।