फेरि बढ्यो सुनको मूल्य, आज पनि कीर्तिमान
काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनको मूल्य बढेर आज पनि कीर्तिमान कायम गरेको छ।
बुधबारको तुलनामा सुनमा प्रतितोला एक सय रुपैयाँ बढ्दा चाँदीमा प्रतितोला २० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलको एक लाख ५३ हजार दुई सय रुपैयाँ कायम भएको छ। यो अहिलेसम्मै उच्च मूल्य हो।
यसअघि बुधबार सुन तोलाको एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। यो यसअघिको सबैभन्दा बढी मूल्य थियो।
यस्तै बिहीबार चाँदीको मूल्य एक हजार ८३० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ। बुधबार चाँदी एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।
भदौ १३, २०८१ बिहीबार १०:५४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।