धनगढीमा कांग्रेस सभापति देउवाको घर अगाडि शंकास्पद वस्तु भेटियो, सेनाले गर्यो डिस्पोज

काठमाडौं : धनगढीमा रहेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
धनगढी उपमहानगरपालिका-४ मा रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो। तर, जिल्ला प्रहरी कार्यालय कैलालीले १ बजे मात्रै थाहा पाएको र त्यसपछि भने सुरक्षा दिइरहेको जनाएको छ।
एक झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो। झोलामा शंकास्पद वस्तु हुनसक्ने आकलन गरी प्रहरीले नेपाली सेनाको बम डिस्पोजलको टोलीलाई खबर गरेको थियो।
त्यसपछि सेनाको टोलीले बिहान करिब ७ बजे उक्त शंकास्पद वस्तुलाई डिस्पोज गरेको कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक (प्रवक्ता) कविन्द्र बोहराले जानकारी दिए।
झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको थियो। त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शंकास्पद वस्तु राखिएको प्रहरीले अनुमान गरेको छ।
भदौ ९, २०८१ आइतबार ०८:०९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।