सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको हो।
बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ८ सय १५ रूपैयाँमा कारोबार भैइरहेको छ।
भदौ ७, २०८१ शुक्रबार ११:२४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।