भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने विषयमा रविले भने '...नो इफ नो बट, हाम्रो कुरा क्लिएर कट'

भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने विषयमा रविले भने '...नो इफ नो बट, हाम्रो कुरा क्लिएर कट'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा हद राख्ने विषयमा आफूहरूलाई अमान्य भएको बताएका छन्। 

बिहीबारको संसद बैठकमा उनले आफ्नो पार्टीको तर्फबाट पहिल्यैदेखि भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद मान्य नहुने धारणा रहेको बताए।  

उनले भने, 'म आफ्नो दलको तर्फबाट सिंगो देशलाई स्पष्ट पार्न चाहन्छु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुनेछैन। नो इफ नो बट, हाम्रो कुरा क्लिएर कट।'

उनले यसअघि नै दुई दलीय सरकार हुँदा चिन्तित हुनुपर्ने परिस्थिति रहेको स्मरण गर्दै भ्रष्टाचारको विषयमा देशका युवाहरूले चिन्ता गरेकोप्रति खुसी व्यक्त गरे। 

उनले नीतिगत भ्रष्टाचारको निश्चित परिभाषा गर्नसमेत माग गरे। 

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा छ।

भदौ ५, २०८१ बिहीबार १३:४०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।