सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको हो।
बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।
बुधबार तोलामा १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रूपैयाँले घटेर १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भैइरहेको छ।
भदौ ६, २०८१ बिहीबार ११:०७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।