३० अर्बसम्म पुगेको कारोबार झरेर १८ अर्बमा पुग्यो

३० अर्बसम्म पुगेको कारोबार झरेर १८ अर्बमा पुग्यो

काठमाडौँ : ३० अर्बसम्मको कारोबार भइरहेको सेयर बजार बुधवारको कारोबारमा १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बराबरको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयर खरिदबिक्री भयो। बजार बढेर तीन हजारमा पुग्दा बुधवार पनि बजार बढ्यो तर अनि न्यून। बुधवारको बजार जम्मा २.११ अङ्कले मात्र बढ्यो।

नेप्से परिसूचकको तुलनामा कारोबार रकम १२ अर्बले तल झरेको छ। यसले सेयर लगानीकर्ताहरू कम्पनीको नाफा बुकिङमा केन्द्रित भएर बिक्रीको चाप बढेको देखाउँछ। तीन दिन अगाडि बजार घटेर बन्द हुँदा पनि २८ अर्बको कारोबार गरेको थियो।

साउन २३ गते १७ अर्ब ९५ करोडको कारोबार भएको थियो। त्यसयता दैनिक कारोबार उकालिँदै गएर २९ अर्ब ९५ करोडसम्म पुगेको थियो। तर बुधवार एकाएक १८ अर्बमा झर्यो।

बुधवारको कारोबारमा नेप्से परिसूचक २ हजार ९ सय ९९ सम्मको विन्दुमा पुगेको थियो। दिनभर उतार चढाव कायम रह्यो। बजार २९४४ सम्म झरेको थियो। अन्तमा २९६८.४४ मा पुगेर बन्द भयो।

भदौ ४, २०८१ बुधबार १६:०९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।