सुनको भाउमा नयाँ रेकर्ड, १ लाख ५२ हजार नाघ्यो
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार प्रतितोला ९ सय रूपैयाँले घटेको सुनको मूल्य आज भने बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ हजार रूपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको छ।
गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ।
चाँदीको मूल्य ५० रूपैयाँले घट्दै प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
भदौ १, २०८१ आइतबार ११:०२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।