सामाजिक काम गर्न दन्त चिकित्सक दम्पतीले आफ्नै आम्दानीबाट खोले फाउन्डेसन, अन्यसँग सहयोग नलिने दाबी

सामाजिक काम गर्न दन्त चिकित्सक दम्पतीले आफ्नै आम्दानीबाट खोले फाउन्डेसन, अन्यसँग सहयोग नलिने दाबी

चितवन दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले ‘डा अजय एन्ड डा सरु फाउन्डेसन’ स्थापना गरेका छन्।डा न्यौपानेले स्वास्थ्यशिक्षाविपत्कला संस्कृतिखेलकुदलगायत क्षेत्रमा काम गर्न फाउन्डेसन खोलेको बताए। हप्ताको सातै दिन काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनले दाबी गरे।

वार्षिक १० लाख कोषमा राख्दै जाने र चालु पुँजीका रूपमा यस आर्थिक वर्षमा १० लाख छुट्टाएको उनले बताए।

आउँदो वर्षबाट कोषको ब्याजमा अरू रकम थप गरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्ने र दश वर्षमा अक्षयकोष एक करोड पुर्याउने लक्ष्य राखेको उनले बताए।

फाउन्डेसनले २० विद्यार्थीलाई जनही १० हजारका दरले छात्रवृत्ति दिनेपाँच शिक्षकलाई १०-१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना रहेको उनीहरूले बताए।

स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्नेस्वास्थ्य पहुँचमार्फत गाउँ गाउँमा पुगेर शिविरमार्फत सेवा दिनेआकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत दुवैले शनिवार योजना सार्वजनिक गरे।

विपन्न २० परिवारलाई स्वास्थ्य बीमा गर्ने र सुरुका वर्षमा गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनीहरूले बताए।

उनीहरूले फाउन्डेसनका लागि अन्य दाताबाट सहयोग नलिने दाबी गरेका छन्। तर सामाजिक सङ्घसंस्थासँग सहकार्य गरेर काम गर्ने उनीहरूले बताए।

साउन ३२, २०८१ शनिबार २०:३५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।