हेटौंडामा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

हेटौंडामा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

काठमाडौं : हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ धापस्थित भित्री सडक मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मयुरधापबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले स्थानीय रामचन्द्र अर्यालका छोरा ५ वर्षीय सिभांस अर्याललाई बाटो छेउमा हिँडिरहेको अवस्था ठक्कर दिएको हो।

ठक्करबाट घाइते भएका उनलाई उपचारको लागी हेटौंडा अस्पताल ल्याएकोमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए। 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन ३२, २०८१ शनिबार १८:४५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।