'चाइनिजसँग बिहे गराएर भविष्य बनाइदिन्छौं' भन्दै बालिका बेचबिखन गरेको आरोपमा ३ जना पक्राउ

'चाइनिजसँग बिहे गराएर भविष्य बनाइदिन्छौं' भन्दै बालिका बेचबिखन गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं : प्रहरीले मानव बेचबिखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सरू बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ।

१४ वर्षिया एक बालिकालाई 'तिमी दुख पाउने केटी रहेछौं, हामीले चाइनिज नागरिकलाई चिनेका छौं, तिमीले उसँग विवाह गर्यो भने तिम्रो भविष्य बन्छ' भनि ललाइफकाइ गरि मानव बेचबिखन गरेको प्रहरीले जनाएको छ। 

चाइनिज नागरिकबाट आर्थिक लाभ लिई साउन १३ मा विवाह गराई पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाईडस्थित होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा ती बालिकाको उद्धार गरिएको हो।

ती बालिकाकी आमाले उनलाई बेचबिखन गर्ने उद्देश्यले ललाइफकाइ प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेका भन्दै मानव बेचबिखन तथा ओसार पसार कसूरमा साउन २९ मा कास्की कार्यालयमा जाहेरी दरखास्त पेश गरेकी थिइन्। 

त्यसपछि  तत्काल प्रहरी कार्यालय कास्कीबाट अनुसन्धान टोली खटिई गई १ जना विदेशी नागरिकसहित ३ जनालाई पक्राउ गरेको हो।

घटनाबारे जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसार पसार मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। 

साउन २९, २०८१ बुधबार २०:१७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।