सुनका गरगहना किन्ने बहाना बनाएर पसल गइन्, २ तोलाको सिक्री लिएर भागिन्

सुनका गरगहना किन्ने बहाना बनाएर पसल गइन्, २ तोलाको सिक्री लिएर भागिन्

काठमाडौं : सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

५२ वर्षकी लिना नकर्मीलाई प्रहरीले पुल्चोकबाट पक्राउ गरेको हो।

नकर्मी साउन २५ को दिउँसोतिर काठमाडौंको न्युरोडस्थित नारायण ज्वेलर्सबाट सुनका गहना खरिद गर्ने भनी सुनको २ तोला २० लालको सिक्री लिई फरार भएकी थिइन्। 

नकर्मीले यसअघि पनि चोरीका सुनका गरगहना जगन्नाथ ज्वेलर्सलाई १७ ग्रामको सुनको सिक्री बेचेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। 

त्यस घटनामा संलग्न रहेको खुलेपछि प्रहरीले जगन्नाथ ज्वेलर्सका सञ्चालकलाई समेत पक्राउ गरी थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

साउन २९, २०८१ बुधबार १८:३३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।