'कांग्रेस र माओवादीले धेरैपटक सरकारको नेतृत्व गर्दासमेत शान्ति प्रक्रिया अल्झ्याइरहे'

'कांग्रेस र माओवादीले धेरैपटक सरकारको नेतृत्व गर्दासमेत शान्ति प्रक्रिया अल्झ्याइरहे'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दा समेत शान्ति प्रक्रिया टुंग्याउन नसकेको आरोप लगाएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले राजनीतिक दाउपेचका कारण शान्ति प्रक्रियाका कामलाई अल्झ्याइएको आरोप लगाए। 

उनले भने, ‘२०६३ साल मंसिर ५ गते नेपाल सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको मुख्य राजनीतिक कार्यभार अन्तरिम संविधान, संविधान सभा, गणतन्त्र घोषणा, नयाँ संविधान पूरा भयो, छिटपुट असन्तुष्टिकाबीच व्यवस्थापकीय कार्यभार लडाकु र हातहतियार व्यवस्थापन पनि पार लाग्यो, विगतमा फर्किन नचाहे पनि राजनीतिक दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्वपूर्ण काम वर्षाैसम्म अल्झ्याइयो, तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारमा नेतृत्व गर्दा र कांग्रेसले पटक पटक सरकारको नेतृत्व गर्दा पनि परिणाम दिने गरि काम हुन सकेन।’    

उनले राजनीतिक स्वार्थ र दलीय भागबण्डाको आधारमा टिआरसी सम्बन्धी आयोग बनाइ ऐन कार्यान्वयनमा समस्या आउनेतर्फ सचेत गराए। 

उनले आयोगलाई नाममा मात्रै नभएर काममा पनि स्वतन्त्र र निष्पक्ष बनाउनको लागि अपिल गरे।

आयोगमा पीडित पक्षको पनि सहभागिता गराउनु उपयुक्त हुने उनको सुझाव छ।  

साउन २९, २०८१ बुधबार १६:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।