ग्रीन कार्डको प्रलोभनमा मौरिसस पुर्याएर मानब बेचबिखन गरेको आरोपमा एकजना पक्राउ

ग्रीन कार्डको प्रलोभनमा मौरिसस पुर्याएर मानब बेचबिखन गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : प्रहरीले ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्याएर मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपाने छन्। 

पीडित गत असार २० मा नेपाल फर्किई उजुरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो। 

न्यौपानेले मासिक ७० हजार रूपैयाँ तलबमा कुकको काममा लगाइदिने तथा काम गरेको केही समयपछि ग्रिनकार्डसमेत पाइने भनि प्रलोभन देखाएका थिए। 

त्यसबापत उनले २ लाख ५० हजार रूपैयाँ लिएर २०८० मंसिर १३ मा नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्याएर मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाउने गरेको खुलेको छ। 

त्यसक्रममा समयमा खाना खान र तलब समेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन २८, २०८१ मंगलबार १९:१६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।