एक महिनामा देशभर ७५९ जनामा डेंगी, पछिल्ला पाँच दिनमा मात्र ११७ संक्रमित

एक महिनामा देशभर ७५९ जनामा डेंगी, पछिल्ला पाँच दिनमा मात्र ११७ संक्रमित

काठमाडौं : देशभर पछिल्लो एक महिनामा ७५९ जनामा डेंगी संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जुलाइ महिनामा मात्र देशभर ७५९ जनामा डेंगी संक्रमण देखिएको हो।

ईडीसीडीका अनुसार पछिल्लो सात महिनामा जुलाई महिनामा सबैभन्दा धेरै मानिस डेंगीबाट संक्रमित भएका छन्।

२०२४ सुरु भएयता ५ अगस्टसम्म देशभर दुई हजार ३६५ जनामा संक्रमण देखिएको छ। अगस्ट महिनाको पाँच दिनमा देशभर ११७ जनामा संक्रमण देखिएको छ।

जसमध्ये सबैभन्दा बढी १९ जना कास्कीमा र त्यसपछि १८ जना काठमाडौंमा देखिएका छन्।

साउन २२, २०८१ बुधबार ०८:२४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।