पूर्व गृहमन्त्री रविले वर्तमान गृहमन्त्रीलाई सुझाव ‘मिडिया ट्रायलबाट जोगिनु होला’

पूर्व गृहमन्त्री रविले वर्तमान गृहमन्त्रीलाई सुझाव ‘मिडिया ट्रायलबाट जोगिनु होला’

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायलले गृह मन्त्रालय घातक भएको बताए।

बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिए।

‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायलले गृह मन्त्रालय घातक छ, गृहमन्त्रीज्यू बच्नुहोला, तपाईँलाई पनि माया गर्ने मान्छेहरू छन्, मैले त धेरै काम गर्न सकिन, तपाईँ सक्नुहोला तर मिडिया ट्रायलबाट यो सङ्गठन जोगाउनु होला’ उनले भने।

प्रहरी संयन्त्रकलालागि मिडिया ट्रायल हरिबिजोग रहेको भन्दै उनले मिडिया ट्रायल प्रतिस्पर्धी रूपमा रहेको उनले बताए। मिडियाले सुरुमा माहौल बनाइदिन्छु भन्ने अनि त्यसपछि माहौल बनाउँदै जाँदा सम्पादकीयबाट लिएर प्रहरीबारे नराम्रो समाचार लेखिदिने गरेको उनको दाबी थियो।

उनले  प्रहरीलाई छानबिन गर्न दिए सबै विषय छानबिन गर्न सक्ने उनले बताए।

‘छानबिनका लागि आवाज उठाउनु नराम्रो होइन। छानबिन प्रहरीले पनि राम्रोसँग गर्छ, हस्तक्षेप गर्नु भएन, काम गरेको मान्छेलाई काम गरेको छैन भन्दै ट्रायल हुन्छ’ उनले भने।

साउन १५, २०८१ बुधबार १५:३९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।