बाढीका कारण चर्कियो धोबीखोलाको पुल, आवागमन बन्द

बाढीका कारण चर्कियो धोबीखोलाको पुल, आवागमन बन्द

काठमाडौं : काठमाडौंको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ।

केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौं महानगरपालिका–१० र वडा नम्बर ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, 'वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो।' 

साउन ९, २०८१ बिहीबार १४:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।