मानव बेचबिखन र वेश्यावृत्तिमा लगाएको आरोपमा युट्युबर पक्राउ

मानव बेचबिखन र वेश्यावृत्तिमा लगाएको आरोपमा युट्युबर पक्राउ

काठमाडौं : नाबालिकाहरूलाई मानव बेचबिखन गरेको आरोपमा एकजना युट्युबर पक्राउ परेका छन्।

मंगलबार काभ्रे चौरीदेउराली गाउँपालिका वडा नम्बर १ घर भइ काठमाडौंस्थित बत्तिसपुतली बस्ने युट्युबर कुशल पोखरेललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ मनोहरा जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिँडो सर्भिस् एण्ड गेष्ट हाउसमा आर्थिक अवस्था नाजुक भएका बालिकाहरूलाई राम्रो आम्दानी हुने वेटरको काममा लगाइदिने भनि प्रलोभन देखाएर ग्राहकसँग बसेर खान लगाइ धेरै बिल उठाउने काममा लगाएको अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ।

ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार गेष्ट हाउसमा बस्ने नाबालिकाहरूलाई यौन सम्पर्क राख्न बाध्य पारेको पनि अनुसन्धानबाट खुलेको छ।

प्रति व्यक्ति हजारदेखि पाँच हजारसम्म लिएर नाबालिकालाई जबर्जस्ती यौन सम्पर्क बस्न बाध्य पारेको खुलेको हो।

गेष्ट हाउसबाट प्रहरीले प्रयोग भएका र नभएका अस्थायी साधन, प्रेग्नेन्सी टेष्ट र गर्भ निरोधक औषधि पनि फेला पारेको थियो।

यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ।  

साउन ७, २०८१ मंगलबार २२:०१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।