आगोको धुवाले निसास्सिएर​​​​​​​ ११ दिनकी सुत्केरी महिलाको ज्यान गयो, बच्चाको उपचार हुँदै

आगोको धुवाले निसास्सिएर​​​​​​​ ११ दिनकी सुत्केरी महिलाको ज्यान गयो, बच्चाको उपचार हुँदै

काठमाडौं : जुम्लाको पातारासी गाउँपालिकामा आगोको धुवाले निसास्सिएर दिदी-बहिनीको मृत्यु भएको छ। 

११ दिनकी सुत्केरी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको उपचारका क्रममा मृत्यु भएको हो। 

मायालक्ष्मीको अस्पतालमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको हो भने उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। 

निसास्सिएर ११ दिनको बच्चाको अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी छेदीलाल कामतीले बताए। 

‘कोइला बालेर झ्यालहरू पनि बन्द गरेर सुतेका रहेछन्, भेन्टिलेटर नहुँदा उनीहरू बेहोस भएका हुन्,’ कामतीले भने, ‘बच्चा भने भुइँमा ब्ल्यांकेट ओछ्याएर सुताइएको थियो, बच्चा सकुशल छन्, बिसञ्चो भने देखिएको छ।’

सुत्केरीलाई सेक्न बालेको आगोको धुवाँमा ती दिदीबहिनी निसास्सिएका थिए।

साउन ७, २०८१ मंगलबार २१:१०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।