'जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ' भन्दै रकम माग्ने युवक पक्राउ

'जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ' भन्दै रकम माग्ने युवक पक्राउ

काठमाडौं : कास्कीमा आफूलाई प्रहरी भन्दै धम्की दिएर रकम माग्ने एक युवक पक्राउ परेका छन्। 

प्रहरीले पोखरा महानगरपालिका-१६ बाटुलेचौरका २१ वर्षीय सुजित क्षेत्री पक्राउ गरेको हो। 

ह्वाट्सएप, टेलिग्राम जस्ता माध्यमबाट सम्पर्क गरी विभिन्न व्यक्तिलाई 'जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, कोही कसैको काम परे गरिदिन्छु' भन्दै रकम माग्ने गरेको उनीमाथि आरोप छ। 

आम सर्वसाधारणसँग रकम माग गर्ने गरेको सूचना थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ। 

उनीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए। 

साउन ७, २०८१ मंगलबार १९:०८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।