नयाँ सडक 'झन् नयाँ’ बन्दा किन चित्त बुझेन वडाध्यक्ष चिनीकाजीलाई  !

नयाँ सडक 'झन् नयाँ’ बन्दा किन चित्त बुझेन वडाध्यक्ष चिनीकाजीलाई  !

काठमाडौँ : नयाँ सडकलाई अझ नयाँ बनाउन तीन फिट फुटपाथ विस्तार गर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रयासमा पहिलो बाधक बन्यो सडक विभाग। महानगरले सडकको दुवै तर्फको सडकको केही भाग काटेर पैदलयात्री मैत्री बनाउन खनिसकेको थियो।

जुद्ध सालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार गर्न जेठ ११ बाट खनिसकेपछि डिभिजन सडक कार्यालयले अवरोध गर्यो। डिभिजन कार्यालयले काम रोक्न पत्र काट्यो। खनेको ठाउँमा पिच गर्न भन्यो। तर महानगरले पिच गरेन। अन्तमा डिभिजन कार्यालय आफैँले पिच गर्यो।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भन्दै महानगरपालिका उच्च अदालत गयो। उच्च अदालतले बालेनको प्रयासमा साथ दिँदै नयाँ सडकका फुटपाथ विस्तार गर्नु गैर कानुनी नभएको भन्दै फुटपाथ विस्तारको कानुनी बाटो खुल्ला गरेपछि उनले तत्काल खन्न सुरु गरेका थिए।

वडा नम्बर २४ तिर कुनै अवरोध भएन। फुटपाथ खनेर वाल लगाउन पनि सुरु भइसकेको छ। तर वडा नम्बर २२ तिर भने स्थानीयहरू लिएर वडाध्यक्ष चिनीकाजी महर्जन शुक्रवार सडकमा दिनभर पलेँटी कसेर बसे। सुरक्षामा महानगर प्रहरी त खटिएकै थिए, जनपद प्रहरी पनि खटिए। महानगरले दिनभर काम जारी राख्यो।

साउन ३, २०८१ शुक्रबार २१:३२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।