विदेशबाट मोबाइल आएको छ भन्दै ह्वाट्सएपमार्फत झुक्याएर ५ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

विदेशबाट मोबाइल आएको छ भन्दै ह्वाट्सएपमार्फत झुक्याएर ५ लाख ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाडौं : प्रहरीले अनलाइनमार्फत् ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्ले की २२ वर्षीया आस्था थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दमौलीले जनाएको छ। 

उनले तनहुँको व्यास नगरपालिका–१ की सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएप म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर पाँच लाख ठगी गरेको आरोप छ। 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

असार २८, २०८१ शनिबार १४:१६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।