आठ सयले बढ्यो सुनको मूल्य

आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४४ हजार ९ सय रुपैयाँ छ। तेजाबी सुन तोलाको १ लाख ४४ हजार २ सय रुपैयाँ छ।

यस्तै, चाँदीको मूल्य बुधबारको तुलनामा आज तोलामा १५ रुपैयाँ बढेर १ हजार ८८५ रुपैयाँ पुगेको छ।

बुधबार छापावाल सुन तोलाको १ लाख ४४ हजार १ सय र चाँदी तोलाको १ हजार ८७० रुपैयाँ थियो।

असार २६, २०८१ बिहीबार ११:२२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।