बूढानीलकण्ठमा एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा २ जना पक्राउ

बूढानीलकण्ठमा एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा २ जना पक्राउ

काठमाडौं : प्रहरीले माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको आरोपमा २ जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बूढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन्। 

उनीहरूमाथि बूढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोप छ। 

बुधबार एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

असार २५, २०८१ बुधबार १५:४५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।