घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रूपैयाँले घटेको हो। 

सोमबार १ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला १ लाख ४४  हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिद-बिक्री भइरहेको छ। 

चाँदीको मूल्य पनि आज घटेको छ। 

सोमबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। 

असार २४, २०८१ मंगलबार ११:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।