४ सयले घट्यो सुनको मूल्य, चाँदी स्थिर

४ सयले घट्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रूपैयाँले घटेको हो। 

आइतबार १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ। 

आइतबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा  कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ। 

असार २३, २०८१ सोमबार ११:५७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।