एक सय रुपैयाँले बढ्यो सुन, चाँदी पाँच रुपैयाँ महंगियो

एक सय रुपैयाँले बढ्यो सुन, चाँदी पाँच रुपैयाँ महंगियो

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुन एक सय र चाँदी पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको छ।

तेजाबी सुन तोलाको १ लाख ४३ हजार सात सय रुपैयाँमा कारोबार हुँदा चाँदी तोलाको एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन तोलाको १ लाख ४४ हजार ३ सय र चाँदी तोलाको १ हजार ८६५ रुपैयाँ थियो।

असार २०, २०८१ शुक्रबार १०:४८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।