महान्यायाधिवक्ता र रविविरुद्धको रिटको बहस सकियो, फैसला आजै आउने सम्भावना

महान्यायाधिवक्ता र रविविरुद्धको रिटको बहस सकियो, फैसला आजै आउने सम्भावना

काठमाडौँ : महान्यायाधिवक्ता सफाइ पत्र र सहकारी ठगीमा अनुसन्धानसँगै पदबाट निलम्बनको माग गर्दै रवि लामिछानेविरुद्ध परेको रिटको सुनुवाइ सकिएको छ। बिहीबार सर्वोच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा बहस सकिएको हो।

अधिवक्ता अनुपम भट्टराइले जेठ १४ उपप्रधान तथा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता डा दिनमणि पोखरेललाई प्रतिवादी बनाएर जेठ १४ मा रिट दायर गरेका थिए।

रिटमा सहकारी ठगीमा लामिछानेविरुद्ध कहिकतै उजुरी दर्ता नभएको र कतै उनको नाममा अभियोजन भएको नदेखिएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र सार्वजनिक भएपछि सो पत्रको वैधानिकता, सहकारी ठगीमा लामिछानेमाथि अनुसन्धानको आदेश र पदमा रहँदा छानबिन प्रभावित हुनसक्ने भन्दै निलम्बनको मागसहित रिट दायर भएको थियो।

असार १९, २०८१ बिहीबार १७:४७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।