दुई सय रुपैयाँले बढ्यो सुन

दुई सय रुपैयाँले बढ्यो सुन

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ।

आइतबारको तुलनामा सोमबार सुनमा तोलाको दुई सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख ४१ हजार पाँच सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य स्थिर छ। चाँदी आज तोलाको १ हजार ७९० रुपैयाँमा कारोबार हुने महासंले जनाएको छ।

आइतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो।

असार १६, २०८१ सोमबार ११:००:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।