लाली गुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

लाली गुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं : प्रहरीले बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लाली गुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ। 

आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान रहेका छन्। 

उनीहरूमाथि पुल्चोकमा लाली गुराँस सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोप छ। 

प्रहरीले थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ।  

असार १५, २०८१ आइतबार १३:५३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।