एसईई नतिजा : ५२ प्रतिशतभन्दा बढी फेल, सबैभन्दा बढी गणितमा

एसईई नतिजा : ५२ प्रतिशतभन्दा बढी फेल, सबैभन्दा बढी गणितमा

काठमाडौं : २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा आधाभन्दा बढी विद्यार्थी फेल भएका छन्। 

परीक्षामा सहभागी भएका चार लाख ४४ हजार सात सय ८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ९२ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका छन्। २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै, १८६ जनाले चार जीपए ल्याएका छन्।  

यस वर्ष अघिल्ला वर्षहरूझैँ गणित विषयमा सबैभन्दा धेरै एक लाख ७७ हजार ९८५ विद्यार्थी नन ग्रेडेड भएका छन्।

अंग्रेजीमा एक लाख एक हजार ३८३, विज्ञानमा एक लाख २६ हजार ९३३, सामाजिकमा ७३ हजार ८७७ र अर्थशास्त्रमा ६९ हजार ४१६ विद्यार्थी नन ग्रेडेड भएको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए। 
 
गत चैत १५ गतेदेखि शुरु भएको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए। 

असार १२, २०८१ बिहीबार १४:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।