सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुन तोलाको सात सय र चाँदी तोलाको २५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।

चाँदीको मूल्य बुधबार १ हजार ७९० रुपैयाँ रहेको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो।

असार ११, २०८१ बुधबार १०:५७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।