सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घटेको छ।

मंगलबार सुन स्थिर रहँदा चाँदी तोलामा पाँच रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँका कारोबार भइरहेको छ।

तेजाबी सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँ नै हुँदा चाँदी तोलाको १ हजार ८२० रुपैयाँ थियो।

असार १०, २०८१ मंगलबार ११:३०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।