तोलामा तीन सयले बढ्यो सुन

तोलामा तीन सयले बढ्यो सुन

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ।

आइतबारको तुलनामा सोमबार सुन तोलामा तीन सय रुपैयाँ बढ्दा चाँदीमा पाँच रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको १ लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ६ सय रुपैयाँ छ।

चाँदी सोमबार तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार रुपैयाँ थियो भने चाँदी तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो। 

असार ९, २०८१ सोमबार १२:२०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।