सुनको मूल्य १९ सय रुपैयाँले बढ्यो

सुनको मूल्य १९ सय रुपैयाँले बढ्यो

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको १९ सय रुपैयाँले बढ्दा चाँदी २५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४४ हजार सात सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख ४४ हजार रुपैयाँमा कारोबार हुने गरी मूल्य तोकिएको महासंघले जनाएको छ।

उसका अनुसार चाँदी तोलाको १ हजार ८६५ रुपैयाँ प्रतितोलामा कारोबार हुनेछ।

बिहीबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ कायम हुँदा चाँदी १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।

असार ६, २०८१ शुक्रबार १२:४७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।