छाउगोठमा बसेकी किशोरीमाथि राति पिसाब फेर्न बाहिर निस्किँदा बलात्कार, १७ वर्षीय किशोर पक्राउ

काठमाडौं : प्रहरीले अछामस्थित छाउगोठमा बसेकी एक किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय अछामको टोलीले पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
छाउगोठमा बसेकी किशोरीलाई राति पिसाब फेर्न बाहिर निस्किँदा बलात्कार गरेको ती किशोरमाथि आरोप छ।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकका अनुसार पक्राउ परेका ती किशोर र किशोरी नातेदार भएको खुलेको छ।
किशोरी मंगलबार बिहान छाउगोठमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उपचारको लागि जिल्ला अस्पताल लगेर होसमा आएपछि बलात्कार भएको कुरा खुलेको डीएसपी पाठकले बताए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
असार ५, २०८१ बुधबार २१:३०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।