सुनको मूल्य दुई दिनदेखि स्थिर, तोलाको १० रुपैयाँ घट्यो चाँदी

सुनको मूल्य दुई दिनदेखि स्थिर, तोलाको १० रुपैयाँ घट्यो चाँदी

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ।

बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदी तोलाको १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको  १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन तोलाको १ लाख ४१ हजार पाँच सय रुपैयाँ हुँदा चाँदीको मूल्य भने घटेको छ।

बुधबार चाँदी तोलाको १ हजार ८०५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार चाँदी तोलाको १ हजार ८१५ रुपैयाँ थियो।

मंगलबार पनि सुनको मूल्य स्थिर भएको थियो।

असार ४, २०८१ बुधबार १०:४६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।