सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको बढेको छ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीमा तोलाको १५ रुपैयाँ बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ कायम रहेको छ। तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँ छ।

चाँदी तोलाको १ हजार ८१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

असार ३, २०८१ मंगलबार ११:०७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।