छ सयले घट्यो सुनको मूल्य, चाँदीमा २० रुपैयाँ गिरावट

छ सयले घट्यो सुनको मूल्य, चाँदीमा २० रुपैयाँ गिरावट

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ।

आइतबारको तुलनामा सोमबार सुन तोलामा ६ सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन तोलाको १ लाख ४२ हजार दुई सय र चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।

असार २, २०८१ सोमबार ११:५९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।