छ सयले बढ्यो सुनको मूल्य

छ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा बुधबार सुन तोलामा छ सय रुपैयाँ र चाँदी तोलामा पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार हुँदा चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन तोलाको १ लाख ४१ हजार रुपैयाँ र चाँदी १ हजार ८१५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

जेठ ३०, २०८१ बुधबार ११:५३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।