गाजा-इजरायल युद्धविराम सम्बन्धी अमेरिकी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट समर्थन

गाजा-इजरायल युद्धविराम सम्बन्धी अमेरिकी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट समर्थन

एजेन्सी : गाजा–इजरायल युद्धविरामबारे अमेरिकाले पेश गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले समर्थन गरेको छ।

यस प्रस्तावका मुख्य बुँदाहरू पूर्ण युद्धविराम, हमासद्वारा सबै बन्धकहरूको रिहाइ र इजरायलद्वारा प्यालेस्टिनी बन्दीहरूको रिहाई हुन्।

सुरक्षा परिषद्का १५ मध्ये १४ सदस्यले अमेरिकी प्रस्तावको समर्थनमा मतदान गरेका छन्। तर, रुसले यो प्रस्तावसँग सम्बन्धित मतदानमा भाग लिएन।

प्रस्तावमा इजरायलले यसमा सहमत भएको र यो प्रस्ताव स्वीकार गर्न हमासलाई अपिल गरिएको बताइएको छ। इजरायलले शनिबार सञ्चालन गरेको मिसनमार्फत चार बन्धकलाई उद्धार गरेको छ।

यद्यपि हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली मिसनका कारण २७४ प्यालेस्टिनीले ज्यान गुमाएका छन्।

अक्टोबर सातदेखि इजरायली आक्रमणका कारण ३७ हजारभन्दा बढी प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश बालबालिका र महिलाहरू छन्।

हमासका लडाकुहरूले अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा आक्रमण गरी १२०० जनाको ज्यान लिएका थिए। हमासले पनि २५१ नागरिकलाई बन्धक बनाएको थियो।

जेठ २९, २०८१ मंगलबार ०९:२३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।