तोलामा एक हजार रुपैयाँ बढेपछि सुनको मूल्यले फेरि राख्यो कीर्तिमान

तोलामा एक हजार रुपैयाँ बढेपछि सुनको मूल्यले फेरि राख्यो कीर्तिमान

काठमाडौं : सुनको मूल्यले आज पनि कीर्तिमान कायम गरेको छ।

बिहीबारको तुलनामा १ हजार रुपैयाँ बढ्दा सुनको मूल्य नेपालमा इतिहासकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ४५ हजार रुपैयाँ पुगेको छ।

तेजाबी सुन १ लाख ४४ हजार तीन सय रुपैयाँ हुँदा चाँदी हिजोको तुलनामा तोलामा ५० रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ।

यसअघि हिजो सुनको मूल्य सबैभन्दा उच्च थियो।

हिजो छापावाल सुन तोलाको १ लाख ४४ हजार, तेजाबी सुन १ लाख ४३ हजार ३ सय हुँदा चाँदी १ हजार ८५० रुपैयाँ प्रतितोला थियो।

जेठ २५, २०८१ शुक्रबार ११:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।