सुनको मूल्यको नयाँ कीर्तिमान, कति पर्छ तोलाको?

सुनको मूल्यको नयाँ कीर्तिमान, कति पर्छ तोलाको?

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनको मूल्यले कीर्तिमान कायम गरेको छ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा १८ सय र चाँदी तोलामा २५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ। यो अहिलेसम्मकै सर्वाधिक मूल्य हो।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार तीन सय रुपैयाँ हुँदा चाँदी १ हजार ८५० रुपैयाँ प्रतितोलामा कारोबार हुनेछ।

बुधबार छापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको थियो।

यसअघि जेठ १९ गते पनि सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेर त्यो दिनसम्मको सबैभन्दा उच्च विन्दुमा पुगेको थियो। 

जेठ २४, २०८१ बिहीबार ११:१०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।