पाँच सयले घट्यो सुनको मूल्य

पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा पाँच सय र चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँ हुँदा चाँदी तोलाको १ हजार ८२५ रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार हुँदा चाँदी १ हजार ८६० रुपैयाँ तोकिएको थियो।

जेठ २३, २०८१ बुधबार १०:५२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।