विपन्न नागरिकलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर रकम ठगी, ६ जना पक्राउ

विपन्न नागरिकलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर रकम ठगी, ६ जना पक्राउ

काठमाडौं : रौतहटमा विपन्नलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर गाउँमा रकम ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विभिन्न प्रलोभन तथा आश्वासन दिएर रकम ठगीमा संलग्न ६ जनालाई माधवनारायणबाट पक्राउ गरेको हो। 

माधवनारायण नगरपालिका ७ लौकाहा गाउँ बस्ने ५२ वर्षीय रामनाथ माझी, ३२ वर्षीय प्रकाश माझी, गरुडा नपा ९ गेडहीगुठीका २५ वर्षीय सिकिन्द्र ठाकुर लोहार, वडा नम्बर ५ शिवनगरका ७१ वर्षीय मुगलाल महरा, वडा नम्बर ९ का ४५ वर्षीय रामकली देवीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गरिब असहाय एवं विपन्न समुदायका मानिसलाई विभिन्न प्रलोभन देखाउँदै रकम ठगी गर्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीका अनुसार मधेश प्रदेशको सहरी विकास मन्त्रालयबाट गरिब र विपन्न वर्गका घर परिवारलाई आवास बनाइदिने कार्यादेश प्राप्त भएको भनी विभिन्न प्रलोभन देखाई प्रतिघर दश हजारदेखि चालीस हजार रूपैयाँसम्म रकम उठाएको आरोपमा पक्राउ गरिएको हो। 

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। 

जेठ २२, २०८१ मंगलबार १५:१६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।