सोमबार एक हजार रुपैयाँले घटेको सुन मंगलबार १७ सय रुपैयाँले बढ्यो

सोमबार एक हजार रुपैयाँले घटेको सुन मंगलबार १७ सय रुपैयाँले बढ्यो

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य १७ सय रुपैयाँले बढेको छ।

सोमबारको तुलनामा मंगलबार सुनमा तोलामा १७ सय रुपैयाँ र चाँदीमा तोलाको २५ रुपैयाँ बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुन तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको मूल्य १ हजार रुपैयाँले घटेको थियो।

यस्तै तेजाबी सुन तोलाको १ लाख ४२ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

सोमबार चाँदी तोलाको १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।

जेठ २२, २०८१ मंगलबार ११:३५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।