एक हजारले घट्यो सुनको मूल्य

एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ।

आइतबारको तुलनामा सोमबार सुन तोलाको एक हजार र चाँदी तोलाको १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य एक लाख ४१ हजार रुपैयाँ कायम भएको छ। 

तेजाबी सुन तोलाको १ लाख ४० हजार तीन सय रुपैयाँमा कारोबार हुँदा चाँदी तोलाको १ हजार ८३५ रुपैयाँ कायम भएको छ।

आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार हुँदा चाँदीको मूल्य तोलाको १ हजार ८५० रुपैयाँ थियो।

जेठ २१, २०८१ सोमबार ११:५२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।