शुक्रबार रेकर्ड कायम गरेको सुनको मूल्य घट्यो

शुक्रबार रेकर्ड कायम गरेको सुनको मूल्य घट्यो

काठमाडौं : नेपाली  बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भएको हो।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च मूल्यका रूपमा रेकर्ड कायम भएको थियो।  

आइतबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो। 

जेठ २०, २०८१ आइतबार ११:१३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।